दफा ४
कार्यालयको स्थापना
(१) सेवा सम्बन्धी कार्य सञ्चालन गर्न “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत” अन्तर्गत राष्ट्रिय अनुसन्धान विभागको स्थापना हुनेछ ।
(२) उपदफा (१) बमोजिम स्थापना भएको राष्ट्रिय अनुसन्धान विभागको रेखदेख तथा नियन्त्रणमा रहने गरी आवश्यकता अनुसार स्थापना हुन सक्नेछन् ।
(३) यो दफा प्रारम्भ हुनु भन्दा अघि स्थापना भएको नेपाल जनसम्पर्क प्रधान कार्यालय तथा सो अन्तर्गतका कार्यालयहरू यो दफा प्रारम्भ भएपछि राष्ट्रिय अनुसन्धान विभाग र सो अन्तर्गतका कार्यालयहरूमा परिणत भएको मानिनेछ ।